समयसँगै आप्रवासन सम्बन्धी आकांक्षाहरू कसरी परिवर्तन हुँदै जान्छन्?

हाम्रो Dynamics of adaptive migration aspirations in Nepal and beyond (डाएनामिग्स) अनुसन्धान परियोजनामा तपाईंलाई स्वागत छ।

परियोजना बारे

DYNAMIGS, सहकार्यमा संचालन भइरहेको एक अनुसन्धान परियोजना हो। हामी युवाहरूको नेपालमा नै बस्ने वा अन्त कतै जाने भन्ने खालका चाहना र लक्ष्यहरू समयसँगै कसरी परिवर्तन हुन्छन् भनेर बुझ्न चाहन्छौँ। हामी नेपाल, पोर्चुगल र अस्ट्रियामा रहेका युवा नेपालीहरूका बीचमा यी प्रक्रियाहरू अध्ययन गर्छौं। हामीले मानिसहरूको परिवर्तनशील प्रवासी आकांक्षाहरूले उनीहरूको कल्याण र हितलाई कसरी प्रभाव पार्छ भनेर जान्ने पनि लक्ष्य राखेका छौँ।

कहिँ बस्ने वा अन्यत्र जाने भन्ने खालका आकांक्षाहरू समयसँगै कसरी परिवर्तन हुन्छन् र यी परिवर्तनहरूलाई के-कस्ता संयन्त्रहरुले डोर्याउछन्? ➔ हामी यी प्रक्रियाहरू बारे आफ्नै देशमा बसोबास गर्ने नागरिकहरू र अर्को कुनै देशमा बसोबास गर्दै आइरहेका मानिसहरूबाट बुझ्न खोजिरहेका छौँ।
कुनै पनि व्यक्तिको वैदेशिक यात्रा सम्बन्धी आकाङ्क्षाहरूमा हुने परिवर्तनहरूले उनीहरूको आफ्नो र समुदायको हितलाई कसरी आकार दिन्छ? ➔ हामी जीवनको अवस्था, स्वास्थ्य, व्यक्तिगत सम्बन्ध र जीवन सन्तुष्टि लगायतका मानिसको हितसँग सम्बन्धित विभिन्न बिषयहरु बिचको सम्बन्धबारे खोजी गर्दछौँ।

यस अध्यनका लागि सर्वेक्षणका साथसाथै अन्तर्वार्ता र सहभागी अवलोकनको विधि अपनाइने छ।

हामीले १८-३५ वर्ष उमेरका नेपालीहरूसँग पाँचवटा स्थानमा: काठमाडौँ उपत्यका (नेपाल), बार्पाक (नेपाल), इनरुवा (नेपाल), लिस्बन (पोर्चुगल) र भियना (अस्ट्रिया; डायमन्ड मार्फत) अध्ययन गर्नेछौँ ।

  • यूनिभर्सिटी फर कन्टीनुइंग एजुकेसन क्रेम्स, अस्ट्रिया
  • सेन्टर फर द स्टडी अफ लेबर एंड मोबिलिटी (सेस्लम), शोसल साइन्स बहा:, काठमाडौँ, नेपाल
  • Iscte-यूनिभर्सिटी अफ लिस्बन, लिस्बन, पोर्चुगल
  • Gesellschaft für Forschungsförderung Niederösterreich (FTI22-D-005)
  • Kooperative Entwicklungsforschung, BMBWF/OeAD (KoEF191)

Kooperative Entwicklungsforschung (OeAD)को थप कोष मार्फत हामी DYNAMIGS को विस्तार गर्दछौं: विस्तृत डेभलप्मेंट इम्प्लीकेशन अफ अड्याप्टिव माइग्रेशन अस्पिरेशन (डायमन्ड) परियोजनाले हामीलाई थप तथ्याङ्क सङ्कलन गर्न र आप्रवासनका आकाङ्क्षा र त्यससँग सम्बन्धित हितको दोहोरो सम्बन्धलाई अझै गहिरो विश्लेषण गर्न मद्दत गर्दछ। DIAMOND/ डायमन्ड मार्फत, हामीले विभिन्न गन्तव्यहरूमा बस्ने युवा नेपाली आप्रवासीहरूबिच गन्तव्य मुलुकमा रहने, त्यहाँबाट फर्कने वा अगाडि बढ्ने (अर्थात्, अन्य कुनै गन्तव्य रोज्ने) सम्बन्धी आकाङ्क्षाहरू समयसँगै कसरी परिवर्तन हुन्छन् भन्ने कुरा बुझ्न भियना (अस्ट्रिया)लाई एक केस स्टडीको रूपमा लिएका छौँ। यसले हामीलाई गन्तव्यको रूपमा लिस्बन (पोर्चुगल) र भियना(अस्ट्रिया)को तुलनात्मक विश्लेषणहरू गर्ने र आप्रवासीहरूको अन्य कुनै गन्तव्यमा जाने, फर्कने वा त्यही नै रहने आकाङ्क्षाहरूमा फरक नीति र अवसरहरूको भूमिकाबारे खोज अथवा अनुसन्धान गर्न मद्दत गर्दछ।

अध्यन क्षेत्रहरु

काठमाडौँ उपत्यका, नेपाल

बारपाक, नेपाल

इनरुवा, नेपाल

लिस्बन, पोर्चुगल

भियना, अस्ट्रिया


परियोजनाका सदस्यहरु

Josef Neubauer (PI)

यूनिभर्सिटी फर कन्टीनुइंग एडुकेशन क्रेम्स

समिक्षा न्यौपाने

शोसल साइन्स बहा:

सकर सप्कोता

शोसल साइन्स बहा:

Lea Müller-Funk

यूनिभर्सिटी फर कन्टीनुइंग एडुकेशन क्रेम्स

जीवन बानियाँ

शोसल साइन्स बहा:

Mathias Czaika

यूनिभर्सिटी फर कन्टीनुइंग एडुकेशन क्रेम्स

अर्जुन खरेल

शोसल साइन्स बहा:

श्रृष्ट शाक्य

संलङ्गित अनुसन्धानकर्ता

अनुसा कार्की

तथ्याड़क सङ्कलनकर्त

ग्लोरी थापा

तथ्याड़क सङ्कलनकर्त

ऋतु डंगोल

तथ्याड़क सङ्कलनकर्त

सम्पदा सिलवाल

तथ्याड़क सङ्कलनकर्त

सुयशा शर्मा

तथ्याड़क सङ्कलनकर्त

सन्ध्या प्रधान

अनुवादक

सम्पर्क विवरण

hello@dynamigs.org

डाएनामिग्स – डायमन्ड परियोजना (DYNAMIGS -DIAMOND Project)
Josef Neubauer
डिपार्टमेन्ट फर माइग्रेसन एण्ड ग्लोबलाइजेसन (Department for Migration and Globalisation)
यूनिभर्सिटी फर कन्टीनुइंग एडुकेशन क्रेम्स
डा.-कार्ल-डोरेक (Dr.-Karl-Dorrek-Straße 30)
३५०० क्रेम्स (3500 Krems)
अस्ट्रिया (Austria)

ne_NPनेपाली